काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाइने बताएका हुन् ।
पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडी बढाइने उनले बताए । उनले अहिले युवाहरुमा पठन संस्कृतीको अभाव भएको भन्दै युग अनुकूल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताए । मन्त्री राईले केन्द्रीय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिए पनि निर्माण कार्यमा अवरोध सृजना भएको बताए ।
उनले मन्त्रालयमा बजेटको ब्रिफिङ गर्ने बेलामा केन्द्रीय पुस्तकालय निर्माण भनेर पैसा छुट्टिएको भएपनि कानूनी व्यवधानहरुका कारण निर्माण कार्यमा खर्च नर्ग नसकिएको बताए।
जे भएपनि केन्द्रीय पुस्तकालयको निर्माणको काम छिटो पूरा गरेर निर्वाध ढंगले अगाडी बढाउन आफू लाग्ने भन्दै उनले संकल्प गरेका छन्।