कास्की। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले निर्माणाधीन पोखरा–मुग्लिन सडकको काममा ढिलाइ हुँदा पोखराको पर्यटन क्षेत्रमा असर पर्न गएको बताएका छन्। पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।
श्रेष्ठले पाँच सय रूपैयाँ दरका भारतीय नोट नचल्दा समेत भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताए। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने बताउँदै उनले निर्माणाधीन पोखरा–मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताएका छन्।