काठमाडौं। ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा आकाशे पुल निर्माण गर्ने भएको छ। उक्त स्थानमा लिफ्ट र शौचालयसहितको अपाङ्गतामैत्री अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो ।
ललितपुर महानगर केही दिनभित्र आकाशे पुल निर्माणका लागि टेण्डर आव्हान गर्ने जनाएको छ । कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा पुल निर्माण गरिने बताइएको छ।
शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ। करिब ४ करोड बराबरको लागत अनुमानमा पुल निर्माण हुने बताइएको छ।