काठमाडौं। दिगो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडी ज्याक इटी एट् गाडी नेपाली बजारमा ल्याएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ले ज्याक इटी एट् गाडी सार्वजनिक गरेको हो। ज्याक इटी एट् गाडीको नेपालमा ७२ लाख रुपैयाँ मूल्य पर्ने कम्पनीले जानकारी दिएको छ। ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो।
उक्त गाडी डिसी चार्जिङमा दुई घण्टा र एसी चार्जिङ साढे १६ घण्टामा फूल चार्ज हुने बताइएको छ। साथै फूलचार्ज भएपछि सो गाडी ३०० किलोमिटर गुड्न सक्नेछ। त्यस्तै यसले पिकअफ एक सय १० किलोमिटर दिन्छ। ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो। अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने उक्त गाडी २५ डिग्रीको उकालोमा चढ्न सक्ने जानकारी दिएको छ।
चाइनिज कम्पनी ज्याक मोटर्सले उत्पादन गरेको सो गाडि नेपालमा दिगो इलेक्ट्रोनिकले बिक्रि गर्नेछ। १ सय १० किलोवाट विद्युत सञ्चय गर्ने यस गाडीमा लिथियम् आयोन फस्फेट ब्याट्री प्रयोग गरिएको छ भने १ सय १० किलोवाट विद्युतले ३ सय ३० एन्एम् टर्क क्षमता उत्पादन गर्दछ। त्यसैगरी ५ जना सम्म बस्न मिल्ने क्याबिन भएको उक्त गाडीमा सुरक्षाका अत्याधुनिक सुविधा र फिचर उपलब्ध रहेका छन्।