झापा। कोशी झापा अमरपथ सडकखण्ड अन्तर्गतको सुरुङ्गा चप्रामारी सडकखण्ड निर्धारित समय भन्दा अघि नै निर्माण सम्पन्न भएको छ ।
कनकाई नगरपालिका र झापा गाउँपालिकामा रहेको यस सडकखण्डको निर्माण कार्य निर्धारित समयसिमा भन्दा अगाडी नै सम्पन्न भएको हो।
कनकाई आशिष जेभीले भ्याटसहित ४७ करोड एक लाख २२ हजार ५४९ रुपियाँमा कनकाईतर्फको ठेक्का पाएको थियो । २०७६ साल भदौ १६ गते भएको ठेक्का सम्झौतामा २०८० साल भदौ १५ गते कार्यसम्पन्न गरिसक्नुपर्ने उल्लेख थियो तर सो समयभन्दा अघि नै काम सम्पन्न भएको हो।
दुई खण्डमध्ये बाँकी झापा गाउँपालिकाको सडक भने मैनाचुली निर्माण कम्पनीले पाएको छ । सोतर्फको काम हुन बाँकी छ । यसतर्फको काम अन्तिम अवस्थामा रहेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ।