काठमाडौं। जुम्लामा एनसेलको फोरजी सेवा पुगेको छ। एनसेल आजियाटा लिमिटेडको मोबाइल ब्रोडब्यान्डको विस्तार गर्ने योजना अन्तर्गत कर्णाली प्रदेशको जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको हो।
एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ। मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू पहिले नै लाभान्वित भइरहेका छन्। यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो।
एनसेलले चन्दननाथ नगरपालि, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात कभरेज पनि कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको कम्पनीले जानकारी दिएको छ।