कुरिनटार। दोश्रो इच्छाकामना महोत्सव २०८० हुने भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।
आर्थिक गतिविधि चलायमान बनाउन तथा स्थानीय उत्पादन र पर्यटन प्रवर्द्दनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव हुने भएको हो ।
सोमबार कुरिनटारमा पत्रकार सम्मेलन आयोजना गरि महोत्सवबारे जानकारी गराइएको हो । महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने बताइएको छ। पछिल्लो समय शिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउने विश्वास गरिएको छ।
पर्यटन प्रवद्र्धनका साथै स्टलहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने भएको छ। महोत्सवमा २०० सटल रहने आयोजकले जनाएको छ । स्थानीय उत्पादनका १५ वटा स्टलहरुलाई कुनै शुल्क नलाग्ने बताइएको छ । महोत्सवको प्रवर्द्दक एंव संरक्षक इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।