काठमाडौं। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारी ढुकुटीमा ७२ अर्ब मौज्दात छ। हालसम्म सरकारको कुल प्राप्ति ३ खर्ब ८१ अर्ब रहेको छ। सरकारले यस वर्ष राजस्वतर्फ उल्लेख्य प्रगति गरिरहेको छ। सरकारको कुल राजस्व ३ खर्ब ५२ अर्ब संकलन भएको छ। यो कुल लक्ष्यको २९.८७ प्रतिशत भएको भएता पनि ४ महिनामा विकास खर्चतर्फ भने उल्लेख्य रुपमा प्रगति हुन सकेको छैन। राजस्वतर्फ उल्लेख्य प्रगति गर्न सरकार सफल भएको भएता पनि विकास निर्माण प्रतिको खर्चमा सरकार असफल जस्तै देखिएको छ।
४ महिनाको अवधिमा कुल विकास खर्च २२ अर्ब १४ करोड मात्रै भएको छ। यो कुल खर्च लक्ष्यको ५ प्रतिशत मात्रै हो। अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएको भतापनि हालसम्म कुनै प्रगति भएको देखिदैन्। यसैगरी मन्त्री शर्माले विकास खर्चमा प्रगति हुन नसकेपछि चौमासिक समिक्षाको बैठकमा खर्चको मोडालिटी नै परिवर्तन गर्नुपर्ने बताएका छन्।