काठमाडौं। तारा एयरले पर्यटकीय सिजन सुरु भएसँगै सोमबारबाट पोखरा–जोमसोम उडान पुनः सुरु गर्ने भएको छ। पर्यटकीय सिजन सुरु हुनुका साथै मौसम पनि अनुकूल भएकाले उडान पुनः सुरु गर्न लागेको हो।
मौसमी प्रतिकूलताका कारण तारा एयरको पोखरा–जोमसोम उडान तीन महिनादेखि बन्द थियो।
कम्पनीले जोमसोममा उडानका लागि एउटा विमान पोखरामै राख्ने छ। जोमसोममा दैनिक ५ वटा उडान गर्ने कम्पनीले जनाएको छ। जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा छ।