काठमाडौं। एशियाली विकास बैंक (एडीबी) ले विद्युतीय प्रसारणलाइन आधुनिकिकरणमा सहयोग गर्ने भएको छ। एडीबीले प्रसारणलाइन विस्तारको लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब ८ करोड रुपैंया) ऋण दिने भएको हो।
ऋण सम्झौताका लागि आज हस्ताक्षर हुने अर्थमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सम्झौतापत्रमा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट अमुद ककोइसले हस्ताक्षर गर्ने भएका छन्। त्यसैगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बैंकका कन्ट्री डाइरेक्टर ककोइसले परियोजनामा हस्ताक्षर गर्नेछन्।
सम्झौतामा ऋणको ब्याजदर कति हुने, कति किस्तामा तिरिसक्ने लगायत विषय समेटिने छ। यसअघि पनि एडीबीले नेपालको पुर्वाधार शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा ऋण सहयोग गर्दै आएको छ। यस प्रक्रियाले विकास निर्माणमा थप टेवा पुगेको छ।