चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ। सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ ।