काभ्रे। काभ्रे निर्माण व्यवसायी संघमा आबद्ध निर्माण व्यवसायी सदस्य (फर्म–कम्पनी) ले आगामी पुष १५ सम्म नविकरण तथा नयाँ दर्ता गर्नुपर्ने भएको छ। संघले सूचना जारी गर्दै पुष १५ सम्म संघमा आवद्ध कम्पनीलाई नविकरण गर्न अनुरोध गरेको हो।
निर्माण व्यवसायी संघ काभ्रेको १२ औं साधारण सभा एवं सातौं अधिवेशन आगामी पौष २३ र २४ गते हुँदैछ। समयमा नविकरण तथा दर्ता नगर्ने सदस्यलाई साधारण सभा एवं अधिवेशनमा सहभागी हुन नदिने संघले जनाएको छ।
संघले सूचनामा भनेको छ, ‘निर्माण व्यवसायी संघ काभ्रेको १२ औं साधारण सभा एवं सातौ अधिवेशन मिति २०७८ पौष २३ र २४ गते हुने भएकोले काभ्रे निर्माण व्यवसायी संघमा आबद्ध निर्माण व्यवसायी सदस्य (फर्म–कम्पनी) हरूले मिति २०७८ पौष १५ गतेभित्र नविकरण तथा नयाँ दर्ता गर्नुहुन अनुरोध गर्दछौं। अन्यथा साधारण सभा एवं अधिवेशनमा सहभागी हुन पाउने छैन।

