काठमाडौं। अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा आज बिहान पहिरो खसेर अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक दुइतर्फी नै सञ्चालनमा आएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका थिए । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ को प्रयोग गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।