धादिङ। धादिङको आदमघाट–मिलटार सडक कालोपत्रे गर्न सुरु भएको छ। आदमघाटबाट किराञ्चोक जाने एक मात्र सडक सडक कालोपत्रे गर्न सुरु भएको हो।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८० साल असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको हो। नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख ८१ हजार १० रुपियाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित ४.२ किलोमिटर कालोपत्रे गर्न सम्झौता गरेको कम्पनीले जनाएको छ।
सम्झौता अनुसार २०८१ साल मङ्सिर १८ गते सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुने छ । सडक कालोपत्रे हुने भएपछि स्थानीय पनि खुशी भएका छन्।