हुम्ला। हिल्सा बजारको दुई सय मिटर सडक ढलान गरिएको छ। नेपाल र चीनको सिमाना रहेको हिल्साको नेपालपट्टी सडक पक्की ढलान गरिएको हो।
हिल्सा बजारक्षेत्रको धुलाम्मे सडकलाई सघन सहरी विकास कार्यालयले पक्की ढलान गरेको हो। पानी पर्दा हिलाम्मे र अन्यबेला धुलाम्मे हुनेगरेका कारण हिल्सावासीको माग अनुसार सडक ढलान गरिएको बताइएको छ।
सधैँ हावा लागेर धुलो हुने हिल्सा बजारको सडकमा पहिलो पटक सडक पक्की ढलान गरिएको छ।
सडक ढलानका लागि कार्यालयले एक करोड बजेट लगानी गरेको छ । सडक ढलान भएसँगै हिल्सा बजार व्यवस्थित भएको छ । सडकको काम स्थानीय उपभोक्ता समितिबाट निर्माण गरिएको हो ।