तम्घास। गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि जहाज पृुगेको छ। रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रवार जहाज पुगेको हो।
पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रवार उडान विमानस्थलमा पृुगेको छ।
काठमाडौँबाट गुल्मीका लागि ११ जना र गुल्मीबाट काठमाडौँका लागि तीन जना यात्रु रहेका थिए। आज शुक्रवार मौसम सफा रहेको र यात्रु न्यून रहँदा पनि उडान भरेको रेसुङ्गा विमानस्थलले जनाएको छ।
नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रवार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौँका लागि ७ः४० मा उडान भर्ने गरी समय निर्धारण गरेको छ ।