गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिनापछि पुनः उडान सुरू भएको छ। मौसममा आएको खराबीका कारण तीन महिनादेखि रोकिएको उडान नेपाल वायु सेवा निगमले शुक्रबारदेखि पुनः सुरु गरेको हो।
गत वैशाख अन्तिम सातादेखि व्यावसायिक उडान सुरू गरिएको विमानस्थलमा मौसमको खराबीका कारण नियमित उडान हुन सकेको थिएन। खराब मौसमका कारण गत जेठ अन्तिम सातादेखि उडान स्थगित थियो।
निगमको जहाज शुक्रबार बिहान काठमाडौंबाट ११ यात्रु लिएर रेसुङ्गा गएको थियो। रेसुङ्गाबाट भने विमानमा ३ यात्रु मात्र काठमाडौं आएका छन्।
अबदेखि मौसम हेरेर सातामा एक दिन शुक्रबार यो विमानस्थलबाट उडान हुने बताइएको छ।