काठमाडौं। भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको छ। भिस्ताराले आगमी कात्तिक १५ देखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको हो।
कात्तिक १५ देखि हुने उडानका लागि यात्रुले मोबाइल एप्स, वेव साइट र ट्राभल एसेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने बताइएको छ। उडानका लागि भिस्ताराले ए ३२ नेव एयरक्राफ्ट प्रयोग गर्नेछ।
भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ। उसले यात्रुका लागि २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। एयरलाइन्सले यो सुविधा होटल सोल्टी र र्याडिसनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको हो।