म्याग्दी। गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल निर्माण गरेका छन्। उक्त बाढीले बगाएको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका हुन्।
सो पुल निर्माण भएपछि तिरी गाउँ पुग्न घुमाउरो बाटो प्रयोग गरेर चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ।
कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आवतजावत गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता रहेकामा मुस्ताङीले सोही ठाउँमा जनश्रमदान गरेरै पुल निर्माण गरी चार घण्टाको बाटोलाई छोट्याएका हु्न।
तिरी, कागबेनी र पाङलिङ गाउँबाट आएका नागरिकले दैनिकरूपमा जनश्रमदान गरेर कागखोलामाथि पुल निर्माण गरेका थिए। पैदलयात्रा र दुईपांग्रे सवारीसाधन सहजै तर्नसक्ने अस्थायी काठे पुलबाट अप्ठ्यारो परेका बेलामा ट्याक्सी पनि पार हुनसक्ने गाउँपालिकाले जनाएको छ।