खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाड्ने निर्माण कम्पनीको औजार/उपकरण नियन्त्रणमा लिएको छ। नगरपालिकाले काम अलपत्र पार्ने निर्माण कम्पनीको औजार/उपकरण मंगलबार नियन्त्रणमा लिएको हो।
दिक्तेल–खोटाङ बजार सडकअन्तर्गत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पार्ने ढुकुछु/बगाले/बीएन्टी जेभीको औजाररउपकरण नियन्त्रणमा लिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अनुसार एउटा स्काभेटर, दुईवटा टिपर, एउटा रोलर र ग्रेडर नियन्त्रणमा लिएको हो । यी उपकरणमध्ये ग्रेडर भगाउँदै गरेको अवस्थामा वडा नं. ७ दोर्पाचिउरी डाडाँको ढिकुरेबाट नियन्त्रणमा लिएको बताइएको छ।