काठमाडौं। स्थानीयको चर्को विरोधपछि पोखरा महानगरपालिका वडा नं–५ को पहलमा जिरो किमि चोकमा भएका खाल्डा खुल्डी पुर्ने कार्य सम्पन्न भएको छ ।
पोखराको बिभिन्न स्थानबाट पोखरा बिकास हुनुपर्छ भन्ने सोचका साथ् सचेत स्थानियले खबरदारी कार्यक्रम गरेका हुन् । बिहानको ८ बजे बाटसुरु भएको उक्त कार्यक्रमा आफ्ना समस्या राख्दै स्थानीयले तत्काल्नै यस्ता खाल्डा खुल्डी पुरेर सडक कालोपत्र गर्न आग्रह गरेका थिए ।
स्थानीय सरकारको स्वामित्वको कार्यक्षेत्रमा रहेता पनि संघिय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालयलाइ पटक पटक खबरदारी गर्दा पनि मर्मत नहुँदा देशकै प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड जाने प्रमुख मार्ग र बाग्लुङ राजमार्ग अन्तरगत चल्ने सवारी साधनहरुले व्यहोर्नु परेको समस्याका बारेमा सचेत स्थानीयहरुले वडा नं – ५ का वाडा अध्यक्ष विष्णु प्रसाद बराललाइ ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा स्थानियको ध्यानाकर्षण पश्चात सडक डिभिजन कार्यालय र निर्माण कम्पनीलाई दबाब दिने र उनिहरुबाट काम नभएमा २ दिन भित्रमै खाल्डा खुल्डी वडाले पुर्ने प्रतिबद्धता अध्यक्ष बाराले ब्यक्त गरेका थिए ।
हाल पोखराको जिरो किमी मा सडकमा रहेका खाल्डा खुल्डी पुर्ने क्रममा ग्राभेल हालिएको छ भने अबको केहि दिनमा कालोपत्र गरिने पनि बरालले बताएका छन् । साथै बारालले सामाजिक संजाल फेसबुक मार्फत सबै सचेत नागरिकको ध्यानाकर्षणप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जनताका समस्यामा खबरदारी गर्न र बिकासको काममा सहयोग गर्न पनि आग्रह गरेका छन् ।