हुम्ला। ताँजाकोट गाउँपालिका–३, मासपुरका बासिन्दाले लालपुर्जा पाएका छन्। ताँजाकोट गाउँपालिका–३ को मासपुरबासीले जग्गा नापजाँच भएको ३० वर्षपछि लालपुर्जा पाएका हुन्।
यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले गाउँका २४ घरधुरीले लालपुर्जा प्राप्त गरेका छन्। मालपोत कार्यालयबाट कर्मचारी नजाने र स्थानीय पनि लालपुर्जा लिन सदरमुकाम नआउने हुँदा मासपुरवासी लालपुर्जा पाउनबाट वञ्चित हुँदै आएका थिए। लालपुर्जा वितरण गर्न मालपोत कार्यालयबाट कर्मचारी खटिएका थिए।
विसं २०५० फागुन १९ गते यहाँको जग्गा जिल्ला मालपोत कार्यालयमा दर्ता भएको थियो। जग्गा दर्ता भएपछि २०५४ सालमा नापी भएको तर हालसम्म मासपुरवासी लालपुर्जाविहीन थिए।