सुनसरी। इनरुवा नगरपालिकाले भौतिक पूर्वाधारसम्बन्धि योजना सञ्चालन गर्दा अधिकतम जनसहभागिता गराउने नीति लिएको छ। नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रममा जनसहभागिता अनिवार्य गर्ने नीति लिएको हो ।
नगरपालिकाले माटोको कार्यमा ३० प्रतिशत जनसहभागिता अनिवार्य गर्ने, माटो सहित ग्राभिल सडक निमार्ण कार्यमा कम्तिमा २० प्रतिशत जनसहभागिता र सडक कालोपत्रे गर्ने लगायतका अन्य पक्की संरचना निर्माण तथा मर्मत कार्यमा २० प्रतिशत जनसहभागिता अनिवार्य गर्ने लक्ष्य नीति तथा कार्यक्रममा लिएको छ ।
पूर्वाधार विकास लगायत जुनसुकै काम गर्दा जनसहभागिता अनिवार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ। विकास निर्माणमा जनताको आर्थिक लगानी गराएर, श्रमदान गराएर तथा निरिक्षण र मुल्यांकलनमा सहभागिता गराएर नगरपालिकाले जनसहभागिता गराएको हो।