ढोरपाटन। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल निर्माण गरिएको छ। कागखोलामा आएको बाढीले पुल बगाएपछि अस्थाई पुल निर्माण गरिएको हो।
पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ। स्थानीयहरुले श्रमदान गरेर कालिगण्डकी नदीमा अस्थायी पुल निर्माण गरेका गाउँपालिकाले जनाएको छ।
बाढीले क्षति पुर्याएको झण्डै एक महिनापछि कागबेनी–तिरी जोड्ने अस्थायी पुल निर्माण गरिएको हो ।
गत साउन २८ गते कागखोलामा आएको बाढीले सिंगो बस्तीसँगै, खानेपानीको मुहान, मोटरेवल पुल, झोलुङ्गे पुल बगाएको थियो ।