काठमाडौं। नगरकोटमा निर्माणाधिन एउटा होटेलको भवनबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ।
निर्माणाधिन होटेल चौतारीको भवनमा मजदुरीको काम गर्दै आएका गोरखा घर भएका ४५ वर्षीय सुवास मगरको मृत्यु भएको हो।
बिहीबार भवनको छतबाट खसेर घाइते भएका उनलाई भक्तपुरको ख्वप अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।