मुगु। मुगुको गमगढी बजारमा आगलागी भएको छ। गएराति भएको आगलागीबाट केही घर, पसल तथा गोदाम जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुले आगलागीबाट ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको जनाएको छ। आगोले अन्य केही घरमा पनि आंशिक क्षति पुगेको छ।
जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको प्रहरीले जनाएको छ
गएराति १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले निभाएका थिए ।