कैलाली। सहजपुर–बोगटान सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन सहजपुर–बोगटान सडकको भौतक प्रगति ९२ प्रतिशत पुगेको हो।
सहजपुर–बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा हुनसकेको छैन । क्षेत्राधिकारको विवाद र चट्टानका कारण सडक निर्माण लम्बिएको आयोजना बताएको छ।
विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । तर सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन । एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।
एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ ।