काठमाडौं। वरिष्ठ संगीतकार अम्बर गुरुङको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लभ एन्ड सपोर्ट फाउन्डेसन नेपाल र सिक्किमको संयुक्त पहलमा भारतको दार्जिलिङ जिल्लाको मिरिक महकुमाअन्तर्गत टिंगलिंग चियाबारी भ्यू पोइन्टमा गुरुङको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
नेपालको राष्ट्रगानका संगीतकारसमेत रहेका गुरुङको सालिक अनावरण समारोह कात्तिक १९ गते हुन लागेको लभ एन्ड फाउन्डेसनले जनाएको छ। सोही समारोहमा ‘अम्बर गुरुङ स्मृति ग्रन्थ’को विमोचनसमेत हुनेछ।