तम्घास। नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन नियमित उडान गर्ने भएको छ । यसअघि शुक्रबार मात्रै उडान भर्ने गरेको नेपाल एयरलाइन्सले अब मङ्गलबार पनि उडान गर्ने भएको हो ।
रेसुङ्गा विमानस्थलका अनुसार एयरलाइन्सको जहाजले प्रत्येक शुक्रबार गर्ने गरेको नियमित उडानमा हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार उडान भर्ने गरी उडान तालिका भएकाले सोही अनुसार उडान भरेको हो।
काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार दुई सय र रेसुङ्गाबाट काठमाडौंका लागि सात हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ ।