काठमाडौं। रामेछाप–लुक्ला उडान पुनः हुने भएको छ। पर्यटकीय सिजन सुरु भएसँगै रामेछाप–लुक्ला उडान पुनः हुने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १४ देखि लागू हुने गरी उडान तालिका बनाएको छ। प्राधिकरणका अनुसार समिट, सीता र तारा एयरले रामेछाप–लुक्ला उडान गर्नेछन्।
पर्यटकीय सिजनमा त्रिभुवन विमानस्थलमा धेरै चाप हुने भएकाले प्राधिकरणले लुक्ला जाने पर्यटकका लागि रामेछापबाट उडान सेवा सञ्चालन गराउँदै आएको छ।