काठमाडौं। कालीगण्डकी कोरिडोरमा ठूलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बुधबार राती कोरिडोरको रिडी रुद्धवेनी सडक खण्डको रुरु क्षेत्र गाउँपालिका–१ विष्णुपन्चरमा सडक माथिबाट ठुलो चट्टान सहितको पहिरो खसेको हो।
पहिरो खसेपछि अवरुद्ध सडक खुलाउन हेभी इक्युमेन्टका डोजरहरू प्रयोग गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसो सम्ममा सडक खुल्ने छ।
कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।