काठमाडौं। श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा उड्दै समस्या देखिएको छ। शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएपछि आकस्मिक अवतरण गर्नु परेको हो।
जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । यो जहाज त्रिभुवन विमानस्थलबाट ५८ नटिकल माइल उडिसकेको थियो । पाइलटले आकस्मिक अवतरणसँगै थप सहयोग समेत मागेका थिए ।
शुक्रबार नै इन्डिकेसन समस्याका कारण पोखरा उड्नै लागेको बुद्ध एयरको बीएचए ६१९ जहाज ‘पार्किङ वे’मै फर्काउनु परेको छ । अपरान्ह ‘ट्याक्सी वे’बाट जहाजलाई फर्काइएको विमानस्थल स्रोतले जनाएको छ ।