काठमाडौं।दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि शिलान्यास गरिएको छ। शुक्रबार एक कार्यक्रमको गरी प्रशासकीय भवन निर्माणको लागि शिलान्यास गरिएको हो।
नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष अमृका बलामीका अनुसार जिल्ला समन्वय समिति काठमाडौं तथा नगरपालिकाको साझेदारीमा प्रशासकीय भवन निर्माण गर्न लागेको हो । स्तनपान कक्षा, पार्किङको व्यवस्था, भूकम्प प्रतिरोधी, अपांगमैत्री तथा सुविधा सम्पन्नसहितको भवन निर्माण गरिने छ।
प्रशासकीय भवन निर्माण गर्नको लागि पालिकाले गत आर्थिक वर्षबाट पहल गर्दै आए पनि नेपाल सरकारबाट जग्गा प्राप्ती भएसँगै भवन निर्माणको लागि डीपीआर निर्माण गरी कार्य सुरु गर्न थालिएको हो। ।
भवन निर्माणको लागि २२ करोड रुपैयाँ बजेट इष्टिमेट गरे पनि १५ करोड ७८ लाखमा निर्माण कम्पनिसँग सम्झौता भएको छ । सोमध्ये जिल्ला समन्वय समितिले १० लाख रुपैयाँ र बाँकी रकम नगरपालिकाले व्यर्होने छ।
भवन निर्माणको लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ स्थित लोना विड्र्रस एण्ड कन्सट्रक्टर प्रालिसँग ठेक्का सम्झौता भएको छ । करिब साढे ४ रोपनी क्षेत्रफलमा अण्डरग्राउण्डबाहेक ४ तल्लाको भवन निर्माण हुने छ।