काठमाडौं। सन्जिवनी बाटिकाको भवन निर्माण सम्पन्न भइ उद्घाटन गरिएको छ। आइतबार बारा जिल्लामा आयोजित ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा भवनको उद्घाटन गरिएको हो।
भवन उद्घाटनका क्रममा बोल्दै अर्थमन्त्री महले देशमा स्थिर सरकार भए विकास निर्माणले लय पक्रने बताए। उनले भने, ‘स्थिर सरकार भयो भने यो देशमा गर्न सकिने धेरै कुराहरु छन् । तर दुईवटा भाष्यसँग हामी चनाखो हुनुपर्छ । ०४६ सालअघि यहाँ स्वर्णयुग थियो अहिले खत्तम भयो भन्ने भाष्य सामाजिक सञ्जालमा फैलाइएको छ भने अर्को नकारात्मक सन्देश फैलाइएको छ । यसलाई चिर्नुपर्छ ।’
‘सहज अवस्थामा कर्जा प्रवाह भयो, प्रतिफल प्राप्त नहुँदा आएका समस्याहरु र पछिल्लो समय ब्याजदर वृद्धि हुँदा उत्पन्न समस्याहरु, नयाँ ऋणी हिचकिच्चाएको समस्या, ब्याजदर अझै उच्च रहेको समस्या, सेयर बजार सहज हुन नसकेका समस्याहरु, घरजग्गा कारोबार शिथिल भएर उत्पन्न भएका समस्याले गर्दा आर्थिक कारोबार कम भएको छ । तर अब अर्थतन्त्र विस्तारै लयमा फिर्किदैछ ।’उनले भने।