दाङ। पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटनामा परेकाे छ। ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटनामा परेको हो।
पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए ।