गण्डकी। हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएपछि सोह्रश्राद्धका लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पितृपक्षका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको बताइएको छ।
मुक्तिनाथमा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण मुक्तिनाथ मन्दिरको महिमा र गरिमा बढेको छ।