काठमाडौं। काठमाडौं देखि पोखराका लागि उडेका दुई जहाज पोखरा अवतरण नगरी काठमाण्डौ फर्किएका छन् । पोखरा अन्तरास्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या देखिएपछि जहाज काठमाडौं फर्किएका हुन्।
पोखरा अन्तरास्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या देखिएपछि काठमाडौंबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्स पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।