मोरङ। प्रदेश १ को सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ र प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने निर्णय गरेको हो ।
सञ्चार प्रतिष्ठानमा कार्यकारी निर्देशक यज्ञ शर्मा थिए भने पर्यटन विकास बोर्डको नेतृत्व फडिन्द्र अधिकारीले गरिरहेका थिए। एमालेका तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले सञ्चार प्रतिष्ठान र भीमप्रसाद आचार्य नेतृत्वको सरकारले पर्यटन विकास बोर्ड गठन गरेका थिए ।
ठकले प्रतिष्ठानको चलअचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ ।