काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालय हलचोकमा पानी प्रशोधन स्थलको निर्माण गरिएको छ। मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त पानी प्रशोधन स्थलको उद्घाटन गरेका हुन्।
कार्यरत कर्मचारीलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्ने एपीएफले जनाएको छ।
प्रतिघण्टा १५ सयदेखि दुई हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुका साथै डब्ल्यूएचओको मापदण्ड अनुसार भए नभएको भनी त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परीक्षण गराउने व्यवस्था मिलाइएको छ।
मुख्यालयभित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ ।