पर्वत। पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ ।केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम समेत जारी रहेकाले पहिरो पन्छाउने काम समेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ।
वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलनचोकमा रोकिएका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीबजारमा रोकिएका छन् ।