हुम्ला। नाम्खा गाउँपालिका–५ को तुम्कोटमा बेलिब्रीज निर्माण भएको छ। तुम्कोटमा कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएको हो।
उक्त पुल निर्माण भएपछि सात घण्टा लाग्ने बाटोमा अब एक घण्टा १५ मिनेटमा छोटिएको छ। बेलिब्रीज निर्माणका साथै सञ्चालनमा आउँदा यातायातका साधनका साथै पैदल यात्रुहरूलाई सहज भएको स्थानीयले बताए।
बेलिब्रीज निर्माणले गर्दा ताक्लाकोटबाट व्यापार गरेर पैदल मार्गबाट भारी बोकेर आउने भरियालाई पनि सहज भएको छ । आवतजावतमा पनि सहज भएको भन्दै स्थानीयले खुशी व्यक्त गरे।