मकवानपुर। जिल्लाको थाहा नगरपालिका–१ कुन्छालमा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर दुर्घटना हुँदा बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको हो।
त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा कन्टेनर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।