काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन्।
तनहुँको देवघाट गाउँपालिका ५ स्थित गलेश्वर आश्रममा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने बताएका हुन्।
अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन समेत गरेका छन् । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गरे।