नवलपरासी। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्डको काम अन्तिम चरणमा पुगेको छ । गैँडाकोट–राम्दी खण्डको ९५ प्रतिशत काम पूरा भएको हो।
गैँडाकोट–राम्दी खण्डको सबैजसो काम सकिएको जनाउँदै सडक सुरक्षाका काम, किलोमिटर पोस्टलगायत स–साना काम बाँकी रहेको गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजनाले जनाएको छ।
आगामी कात्तिक मसान्तसम्म सबै काम सम्पन्न गर्नुपर्ने म्याद रहेकाले निर्माण कम्पनीले सोही अनुसार काम गरिरहेको हो। उक्त खण्डको एक सय ३२ किमीमध्ये करिब दुई किमी मात्रै कालोपत्र गर्न बाँकी रहेको छ । नवलपुरको डेढगाउँ–बुलिङटार र बुलिङटार–गैँडाकोट खण्डअन्तर्गत केही स्थानमा ठूलो पहिरा गएकाले काम गर्न समस्या भइरहेको बताइएको छ।