दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–७ र ८ को सिमानामा रहेको चर्नावती खोलामा ३३ लाख रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको सो स्थानमा सङ्घीय सरकार तथा नगरपालिकाको सहकार्यमा सो पुल निर्माण भएको हो ।
पुल निर्माणको काम उपभोक्ता समितिमार्फत र फलामका लट्ठालगायतका सामग्री व्यवस्थापन ठेक्कामार्फत गरिएको हो । पर्यटकीय स्थल हात्तीछहरा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि यो पुल निर्माण गरिएको हो । पुलको लम्बाइ ४९.१० मिटर रहेको नगरपालीको जनाएको छ।