परासी। सम्झौता भएको तीन वर्षपछि खजुरा खोलामा पुल निर्माण सुरु भएको छ। सम्झौता भएको तीन वर्षपछि उक्त खोलामा पुल निर्माण सुरु भएको हो।
नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ नम्बर वडा जोड्ने पुल निर्माण गर्न २०७७ सालमा सम्झौता भएको थियो।
शिलान्यास समेत गरिएको पुल निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कबिहीन भएका थिए। म्याद सकिँदासमेत सम्पर्कमा नआएपछि नगरपालिकाले जिल्ला प्रशासनको सहयोग लिएर निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको थियो।
निर्माण व्यवसायी सम्पर्क आएपछि अहिले एक सातादेखि निर्माण कार्य सुरु भएको नगरपाकिाले जनाएको छ। २०८० असार ३ गतेभित्र सम्पन्न गर्ने गरी श्रीमृत संजिवनी निर्माण सेवाले ९ करोड ७७ लाखमा निर्माण कार्यको जिम्मेवारी लिएको हो।