तनहुँ। तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन्। सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ।