दमौली। पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग कालापत्रे गर्न सुरु गरिएको छ। उक्त मार्गको दश किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु गरिएको हो।
पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार दमौलीदेखि सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम सुरु गरेको हो।
पूर्वाधार विकास कार्यालयले मैनाचुली।सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर सहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौता अनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।