लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकाले स्थानीय युवालाई डकर्मी तथा इलेक्ट्रेसियन तालिम दिने भएको छ। नगरपालिकाले बेरोजगार युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नगरपालिकाले ४० जना युवालाई लक्षित गरी ५० दिने तालिम सञ्चालन गर्ने नगरपालिकाका रोजगार संयोजक विजय लामाले बताए।
तालिममा सहभागी भएका व्यक्तिलाई नगरपालिकाले आवश्यकता अनुसार काम गराउने बताइएको छ। तालिममार्फत युवा स्वयम् रोजगार बन्न सक्ने उनको भनाइ छ ।
रोजगारी सृजनाको लागि संघीय तथा स्थानीय तहबाट ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा ६४ जना युवालाई सडक मर्मतमा रोजगारी दिएको थियो ।