रुपन्देही। बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सोमबार भएको बुटवल उद्योग वाणिज्य संघको मतदानमा हरिप्रसाद अर्याल निर्वाचित भएका हुन्।
अर्यालले प्रत्यासी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मत अन्तरले पराजित गरेका छन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए । त्यसमा अर्याल प्यानल विजयी भएको छ ।
उद्योग उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । उनले नवीनप्रसाद श्रेष्ठलाई पराजित गरे । महासचिवमा मुक्ति अधिकारी विजयी भए । उनले बाबुराम विकलाई पराजित गरे । कोषाध्यक्षमा वसन्तप्रसाद ढकाल विजयी भए । सचिवमा प्रतीक पोखरेल र सहकोषाध्यक्ष धनकुमारी खनाल निर्वाचित भएकी छन् ।
संघको नेतृत्वका लागि सोमबार मतदान भएको थियो भने यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन सुरु भएको थियो ।